
कैलालीको गोदावरीमा दुई वडाबीचको विवाद अदालतसम्म पुगेको छ। जिल्लाको गोदावरी-८ र गोदावरी-७ मा सीमाना विवाद उब्जेको हो।

गोदावरी-८ अन्तरगत साविकको श्रिपुर गाविसमा बनाइएका संरचना हालको गोदावरी-७ मा पर्छ भन्दै सात नम्बर वडावासीले विरोध तथा दावी गरेका थिए। उक्त सीमाना विवाद नगरपालिकाको न्यायिक समितिले सुल्झाउन नसकेपछि विवादले अदालत प्रवेश गरेको थियो।
उक्त विवादमा जिल्ला अदालत कैलालीले फैसला सुनाइएको जनाएको छ। अदालतले प्रकाण र तथ्यका आधारमा विवादित क्षेत्र तथा संरचना वडानम्बर ७ मै पर्ने जनाएको हो।

अदालतको फैसला
4.jpg

6.jpg
