बाजुरामा भिरबाट लडेर एक किशोरीको मृत्यु
 
tt

बाजुरामा भिरबाट लडेर एक किशोरीको मृत्यु भएको छ। जिल्लाको गौमुल गाउँपालिका–६ शान्तिटोलकी १७ वर्षीया पुष्पा चँदाराको भीरबाट लडेर मृत्यु भएको हो।

घरबाट सामान किन्न पसल गएकी पुष्पाको शुक्रबार बेलुकी ७ बजेतिरको समयमा भिरबाट लडेर मृत्यु भएको उनका आफन्त कलक चँदाराले बताए। पसलबाट राति ८ बजेसम्म घर नफर्किएपछि खोजी गर्दा उनी लडेर मृत्यु भएको अवस्थामा फेला परेको बताइएको छ।