
चार छोरालाई आर्मी बनाउने बैतडीकी एक आमालाई नेपाली सेनाले सम्मान गरेको छ। जिल्लाको दशरथचन्द नगरपालिका(३ दुर्गाभवानी बरकुरालीकी धनमाया नाथलाई सम्मान गरिएको हो।

उनका चार जना छोरा नरेश नाथ, राम नाथ, लक्ष्मण नाथ र दिलिप नाथ अहिले नेपाली सेनामा कार्यरत रहेका छन्।
चार जना छोरालाई सेनामा पठाउन प्रोत्साहित गर्ने आमालाई बुधवार नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माले नगद र प्रमाणपत्रसहित सम्मान गरेका हुन्।

प्रधानसेनापति शर्माले ‘भूपू सैनिक सम्मेलन–२०७८’ को उद्घाटन समारोहको अवसर पारेर उनलाई सम्मान गरेको बताइएको छ।