कैलाली जनपुस्तकालयले एक महिनाको भाडा मिनाह गर्ने भएको छ । कैलाली उद्योग वाणिज्य संघ नेपाल सरकार तथा व्यवसायीहरूको अनुरोधलाई आत्मसात गर्दै एक महिनाको भाडा मिनाह गर्ने भएको हो ।
जनपुस्तकालयका सटर तथा कोठा भाडामा लिइ व्यापार व्यवसाय गरिरहेकाहरूलाई लकडाउनले व्यापार व्यवसाय ठप्प भएकोले एक महिनाको भाडा मिनाह गरिने जनपुस्तकालयका अध्यक्ष डाक्टर टिएन जोशीले जानकारी दिए ।
‘मानवताको नाताले एक महिनाको भाडा मिनाहा गरिएको छ ।’ अध्यक्ष जोशीले भने–‘यस्तो विषम परिस्थितिमा अन्य घरबेटी तथा संघ संस्थाहरूलाई पनि सक्दो सहयोग गर्न अनुरोध गर्दछु ।’
2024/05/18, 7:05
2024/05/18, 7:03
2024/05/18, 7:00
2024/05/18, 6:58
2024/04/12, 2:42
2024/04/12, 2:20
2024/04/12, 2:07
2024/04/12, 2:02
2020/09/11, 9:16
2021/05/04, 9:23
2021/11/26, 10:48