कैलालीको धनगढीमा हुने सुदूरपश्चिम महोत्सवको तयारी तीव्र पारिएको छ । चैत्र १० गतेदेखि २० गतेसम्म हुने महोत्सवको तयारी तीव्र पारिएको हो ।
कोरोना महामारीका कारण विगत २ वर्ष देखि सञ्चालन हुन नसकेको महोत्सव यस वर्ष भने दोस्रो पटक सञ्चालनका लागि तयारी थालिएको छ।

यसअघि माघ १८ गते देखि सञ्चालन गर्न घोषणा गरिएको महोत्सव कोरोना महामारीका कारण स्थगित गरिएको थियो ।हाल सम्म ७० प्रतिशत तयारी पुरा भएको। आयोजकले जनाएको हो ।










