सुदूरपश्चिममा १० हजार म्यादी प्रहरी माग
 
ss

सुदूरपश्चिम प्रदेशमा करिब १० हजार म्यादी प्रहरी भर्ना गरिने भएका छन्। आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि सुदूरपश्चिमका नौ वटै जिल्लामा कुल ९ हजार ९ सय ३७ म्यादी प्रहरी भर्ना गरिने सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

प्रदेश प्रहरी कार्यालय धनगढीका अनुसार कञ्चनपुरमा १ हजार ४ सय ६९, कैलालीमा २ हजार ४ सय ५७, बैतडीमा ८ सय १५, दार्चुलामा ७ सय ४२, डोटीमा ८ सय १०, डडेल्धुरामा ६ सय ५२, बझाँङमा एक हजार ९३, अछाममा १ हजार २ सय ३१ र बाजुरामा ६ सय ६२ म्यादी प्रहरी भर्ना गरिने छ।

१८ वर्ष पूरा भइ ५४ वर्ष ननाघेका व्यक्तिले ११ चैतसम्म आवेदन दिन सक्ने प्रहरी प्रधान कार्यालय, नक्सालले जनाएको छ।