महासंघको प्रदेश उपाध्यक्षमा निर्वाचित प्रकाश बहादुर सेठीलाइ भब्य स्वागत
 
aa

निर्माण व्यवसायीहरुको छाता संस्था नेपाल निर्माण व्यवसायी महासंघको प्रदेश उपाध्यक्षमा निर्वाचित प्रकाश बहादुर सेठीलाइ निर्माण ब्यबसायी संघ कैलालीले भब्य स्वागत गरेको छ । निर्वाचित भएपछि पहिलोपटक धनगढी पुगेका उपाध्यक्ष सेठीलाई धनगढी बिमानस्थलदेखी निर्माण ब्यबसायी संघको कार्यालयसम्म र्‍यालीसहित स्वागत गरेका थिए ।

स्वागत र्‍याली पछि उपाध्यक्ष सेठीले आफुलाई यहिको माटोले यहाँसम्म पुर्‍याएको भन्दै माटोलाई ढोगेका थिए । उनले आफुले समग्र निर्माण ब्यबसायीहरुको हितका लागि काम गर्ने भन्दै नेपाल सरकारलाई निर्माण ब्यबसायीका समस्याका बारेमा झकझक्याई रहने बताए ।

भर्खरै काठमाडौमा सम्पन्नम महासंघको महासंघको २३ औं साधारण सभाबाट अध्यक्षमा रविराज सिंह, वरिष्ठ उपाध्यक्षमा एडी लामा, प्रदेश उपाध्यक्षहरुमा प्रदेश १ मा मोहनप्रकाश अधिकारी, मधेश प्रदेशमा शम्भु ठाकुर, बागमती प्रदेशमा बालकृष्ण थापा, गण्डकी प्रदेशमा खिमप्रकाश मल्ल, लुम्बिनी प्रदेशमा टोपबहादुर रायमाझी, कर्णाली प्रदेशमा रत्नबहादुर खड्का र सुदुरपश्चिम प्रदेशमा प्रकाश बहादुर सेठी विजयी भएका थिए ।

त्यस्तै महासचिवमा रोशन दाहाल, उपमहासचिव (नीतिगत) मा शिवहरि घिमिरे, उपमहासचिव (आन्तरिक) मा नरहरि थपलिया, कोषाध्यक्षमा हिरणकुमार श्रेष्ठ र सहकोषाध्यक्ष सन्तोष शाह विजयी भएका थिए । यसैगरी सुदुरपश्चिमबाट केन्द्रिय सदस्यमा दिनेश बहादुर सिंह, चन्द्र शेखर मल्ल, भुगोलतर्फ किशोर ठकुराठी र महिला सदस्यमा यमुना भट्ट बिजयी भएका थिए ।