चिनियाँ विदेशमन्त्री वाङ यि चैतको दोस्रो हप्ता नेपाल भ्रमणमा आउने भएको छ । उनको भ्रमणको मिति पनि तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। परराष्ट्र मन्त्रालय स्रोतका अनुसार चिनियाँ विदेशमन्त्री वाङले चैत १२ र १३ गते नेपाल भ्रमण गर्ने भएका हुन् ।
नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले भ्रमणबारे सत्तारुढ र प्रतिपक्षी पार्टीका शीर्ष नेतृत्वलाई जानकारी दिइसकेकी छिन् । नेपालका लागि चिनियाँ राजदूत यान्छीले प्रमुख दलका शीर्ष नेताहरूलाई १२ देखि १३ चैतसम्म चिनियाँ विदेशमन्त्रीको भ्रमण हुने जानकारी दिएकी छिन् ।
भ्रमणका क्रममा बिआरआई सम्झौतालाई अगाडि बढाउने विषयमा छलफल केन्द्रित हुने बुझिएको छ ।
2024/05/18, 7:05
2024/05/18, 7:03
2024/05/18, 7:00
2024/05/18, 6:58
2024/04/12, 2:42
2024/04/12, 2:20
2024/04/12, 2:07
2024/04/12, 2:02
2020/05/13, 11:21
2020/09/10, 10:03
2021/08/27, 10:06
2022/06/20, 12:56
2023/10/03, 7:34