
धनगढीमा शनिबार युवाहरुले एमसीसीविरुद्ध विरोध प्रदर्शन गरिरहेका छन्। कैलालीका विभिन्न स्थानसहित धनगढीमा ६ दललसहितको २ मोर्चाले संयुक्तरुपमा विरोध प्रदर्शन गरिरहेका हुन्।

मसीसी संसद्बाट पारित भएपछि उनीहरुले आफूहरु सडक र विरोधमै रहेको बताएका छन्। एमसीसी नेपालको हित विपरीत रहेको भन्दै उनीहरुले विरोध प्रदर्शन गरिरहेका हुन्। विरोध प्रदर्शन कार्यक्रममा युवा संगठनका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको छ।
