काँग्रेस नेतृ आरजु राणा देउवाको माग ‘महाकाली नदीको समस्या समाधान गर्न आयोग बनाउ’
 
ss

नेपाली काँग्रेसकी केन्द्रीय सदस्य डा आरजुराणा देउवाले नेपाल–भारत सिमा नदी महाकाली नदी आयोग बनाउनुपर्ने माग गरेकी छन् । आयोग बनाउन आफुले सरकारलाई घचघचाई रहेको नेतृ देउवाले बताएकी छन् ।

नेपाली काँग्रेस केन्द्रिय सदस्य एवं ग्रामिण महिला विकास तथा एकता केन्द्र संस्थापक अध्यक्ष राणाले अहिले आयोग बनाउने समय उपयुक्त रहेको जनाउदै आयोग बनाई काम गर्न सरकार संग माग गरेकी छन । दक्षिण एसियाली सिमा नदीहरुको सामुदायिक सदुपयोग ९ट्रोसा० परियोजनाको आईतबार धनगढीमा आयोजित धनगढी घोषणा पत्र र ट्रोसा परियोजनाका उपलब्धि समिक्षा तथा हस्तान्तरण सम्बन्धि कार्याशालामा बोल्दै नेतृ राणाले आयोगको परिकल्पना परियोजनाले गरेकाले आवाज उठाउने बेला आएको बताईन ।

परियोजनले पाँच वर्ष महाकाली नदी किनारमा बसोवास गर्ने समुदायमा काम गर्दा उपलब्धि हाँसिल गरेकाले आयोग बनाई सरकारले काम गर्नु पर्ने उनले बताईन । नदी किनारमा बसोवास गर्ने समुदायका स्थानियहरुले नेपाल–भारत तर्फ सुमधुर सम्बन्ध स्थापना हुनुका साथै बाढीका बेला हुने जोखिमलाई पूर्वसुचना प्रणालीका माध्यम बाट कम गर्न मद्दत पुगेको उनले बताईन ।  सचेतना लगायत क्षमता विकासका लागी सञ्चालन गरिएका बैठकहरुका कारण आफ्ना समस्याको पहिचानगरी स्थानिय, प्रदेश र संघ सरकारसंग माग गर्न महिलाहरु जागरुक भएको परियोजनाले जनाएको छ ।

नदीमा पाईने स साना ढुङ्ग बाट आकर्षक टेबुल पेन्टिङ्ग, तस्बिर बनाई आयआर्जन गर्न समेत महिलाहरु सक्षम भएकाले अन्तराष्ट्रिय स्तरमा पहिचान बनाउन महिलाहरु सफल भएको उनले बताईन । यि यावत स साना कुराहरु हेर्न समेत विदेशीहरु महाकाली पुग्ने वातावरणको जग बसेकाले सरकारले महाकाली नदी आयोग बनाई काम थाल्नु पर्ने उनले बताईन । स्थानिय सरकारले परियोजना सञ्चालनमा निकै साथ सहयोग गरेकाले दिर्घकालिन योजना बनाई काम गर्न उनले स्थानिय सरकार प्रमुखलाई परियोजना हस्तान्तरण समेत गरेकी छन ।

गैरसरकारी संघ, संस्था परियोजनाले सरकारले नै गर्ने, गरिरहेका काममा सहयोग पुगाउन भएकाले सर्व प्रथम सरकारहरु नै योजना बनाई सम्पन्न गर्न तर्फ अग्रसरहुनु पर्ने उनको भनाई थियो । परियोजना महाकाली नदीले क्षेत्रमा रहेका चार वटा जिल्ला कञ्चनपुर, डडेल्धुरा, बैतडी र दार्चुलाका स्थानिय तहमा सञ्चालन गरिएको थियो । यसको निरन्तरताका लागी स्थानियले सरकार र रुडुक संग आग्रह समेत गरेका छन ।