
नेपाली काँग्रेस कैलालीको सभापति चयनका लागि भएको दोस्रो चरणको निर्वाचनमा नारायणदत्त भट्ट विजयी भएका छन ।

निर्वाचन समितीका अनुसार नारायणदत्त भट्ट १ हजार ३५९ मतका साथ विजयी भएका छन् भने प्रत्यासी प्रकाश बमले १०९६ मत प्राप्त गरेका थिए ।
जिल्लामा कूल २ हजार ५७६ जना प्रतिनिधि रहेकोमा दोस्रो चरणको निर्वाचनमा २ हजार ४६७ मतदाताले मतदान गरेका थिए भने १२ मत बदर भएको थियो ।

कुन क्षेत्रमा कसको मत कति ?
क्षेत्र १ मा
नारायण भट्ट – २७८
प्रकाश बम– १६३
क्षेत्र नम्बर २ मा
भट्ट – २८१
बम – १६३
क्षेत्र नम्बर ३ मा
भट्ट – २६०
बम – २२१
क्षेत्र नम्बर ४ मा
भट्ट – २६२
बम –२८२
क्षेत्र नम्बर ५ मा
भट्ट – २७८
बम – २४८