
सुदूरपश्चिम थप २२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य निर्देशनालय दीपायलले सार्वजनिक गरेको तथ्यांकअनुसार ९२० जनाको एन्टिजेन र ३५ जनाको पीसीआर परीक्षण गर्दा २२ जनामा संक्रमण पुष्टि भएको हो।
निर्देशनालयका अनुसार प्रदेशमा ७ सय ५१ जना सक्रिय संक्रमित पुगेका छन्। उनीहरुमध्ये १५ जनाको मात्रै अस्पतालमा उपचार भइरहेको छ भने अन्य सबै होम आइसोलेसनमा रहेका छन्।
