
धनगढीको सारथी अस्पतालले शिवपुरी धाममा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ। फागुन १ गतेबाट सञ्चालनमा रहेको महायज्ञ अवधिभर सर्वसाधारणलाई स्वास्थ्य परीक्षणको व्यवस्था मिलाइएको अस्पतालका सञ्चालक वेदप्रकाश जोशीले बताए।

अस्पतालले स्वास्थ्य शिविरमा मधुमेह, रक्तचाप परीक्षण, अक्सिजन लेवल परीक्षण गर्ने व्यवस्था मिलाइएको छ। स्वास्थ्य परीक्षण गराएका व्यक्तिलाई अस्पतालमा ओपिडी सेवा निःशुल्क हुने सञ्चालक जोशीले बताए।
फागुन १ गतेदेखि आइतबारसम्म ६ सय २८ जनाले निःशुल्क स्वास्थ्य परीक्षण सेवा पाएको अस्पतालले जनाएको छ। स्वास्थ्य शिविर फागुन १० गतेसम्म सञ्चालन हुनेछ।
