दार्चुलामा मिलमा बेरिएर एक जनाको मृत्यु भएको छ।
प्रहरीका अनुसार जिल्लाको शैल्यशिखर नगरपालिका- ६ पनेबाजमा मिलमा बेरिएर अन्दाजी ५० वर्षीय धनसिंह धामीको मृत्यु भएको हो।
आइतबार ९आज० बिहान करिब ९ बजेतिर आफ्नै मिलमा अन्न पिध्ने क्रममा मिलको फितामा बेरिएर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।