 
डोटीका एक नेताले आफूलाई मादक पदार्थ सेवन गराएर जबरजस्ती नेकपा एमालेमा प्रवेश गराएको बताएका छन्।
 
 नेकपा माओवादी केन्द्र आदर्श गाउँपालिका संगठन कमिटी उपाध्यक्ष रणबहादुर नेपालीले एमालेले रक्सी खुवाएर पार्टी प्रवेश गराएको आरोप लगाएका हुन्।
विज्ञप्ति नै जारी गरेर उनले आफ्नो घरमा जुठो परेको समयमा पनि नेकपा एमाले आदर्श गाउँपालिकाले रक्सी सेवन गराएर जबरजस्ती पार्टी प्रवेश गराएको जनाएका छन्।
 
 एमालेले भने नेपाली आफ्नो मर्जीले पार्टी प्रवेश गरेको दाबी गरेको छ। एमालेका नेता चन्द्रदेव ओझाले फेसबूकमा माओवादी कार्यकर्ताले धम्क्याएर उनलाई जानकारी नै नगराएर फेसबूकमा लेखेको आरोप लगाएका छन्।
 
     
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
