
सुदूरपश्चिमका निमित्त निर्वाचन अधिकारी प्रेमराज भट्टलाई उत्कृष्ट कर्मचारी पुरस्कार प्रदान गरिएको छ।

छैटौं निर्वाचन दिवसको अवसरमा भट्टलाई निर्वाचन आयोगले उत्कृष्ट कर्मचारी पुरस्कार प्रदान गरेको हो।
कैलाली निर्वाचन कार्यालय प्रमुखसमेत रहेका भट्ट प्रादेशिक कार्यालयको निमित्त प्रमुखको जिम्मेवारी पनि सम्हाल्दै आएका छन्।

निर्वाचन आयोगले भट्टलाई निर्वाचन सञ्चालन तथा व्यवस्थापनमा उत्कृष्ट काम गरेको भन्दै नगद १० हजारसहित प्रशंसा पत्र प्रदान गरेको छ।