सेती प्रादेशिक अस्पतालमा थन्कियो डायलासिस मेसिन, उपचार नपाउँदा देश छोड्नुपर्ने बाध्यता 
 
dd

सुदूरपश्चिम प्रदेशको रेफरल सेन्टरको रुपमा स्थापित भएको सेती प्रादेशिक अस्पतालमा डायलासिस मेसिनको अभाव हुँदा नागरिक उपचारका लागि देश छोड्न बाध्य भएका छन् । मेसिनको अभाव र भएका मेसिनपनि त्यसै थन्किदा अहिले नागरिक समस्यामा परेका छन् ।

अस्पतालले सञ्चालन गर्दै आएको २ वटा डायलासिस मेसिन विरंग हेल्थकेयर प्रा.लि.सँग सम्झौता गरेपछि अस्पताल मेसिनबिहीन बनेको थियो । बिरामीको चाप बढेपछि २०७७ साल फागुनमा ३ वटा मेसिन थप गरी सञ्चालनमा ल्याएको अस्पतालले जनाएको छ । तर २०७८ साल असोजमा ढुवानी गरिएका ७ वटा मेसिन भने अझै सञ्चालनमा आउन सकेका छैनन् ।
सेती प्रादेशिक अस्पतालको भवनमा छिर्दै गर्दा ढुवानी गरिएका ७ वडा डायलासिस मेसिन त्यसै थन्किएकाछन् । तर ढुवानी गरेको लामो समय बितिसक्दा पनि त्यसको सञ्चालनको सवालमा न त अस्पतालले चासो दिएको छ न मातहतको सम्बन्धित निकायले नै ।

अहिले दैनिक सयौँ नागरिकक डायलासिसकै लागि भारतका विभिन्न सहरमा जान बाध्य बनेका छन् । अस्पतालमा मेसिन अभाव भएका कारण उपचारका लागि भारत जान बाध्य भएको बिरामीहरुको भनाई छ ।