
धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा थप १७ जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ६७ नमुना परीक्षण गर्दा थप १७ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए । यस्तै २४ घण्टामा ४ जना निको भई घर फर्किएका छन् ।
हाल अस्पतालमा १८ जना संक्रमित विरामी उपचाररत छन् । ती मध्ये दुई जनाको आइसियु र ५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।
