कैलालीमा  क्रेनसंग अटो ठोक्कियो
 
ss

कैलालीमा क्रेनसंग अटो ठोक्किँदा एक जना घइते भएका छन्।

जिल्लाको गोदावरी नगरपालिकास्थित पुर्वपश्चिमराजमार्गमा क्रेनसंग अटो ठोक्किएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। 

पुर्वबाट पश्चिम तर्फ आउँदै गरेको से १ ह १९३१ नम्बरको अटो विपरित दिशाबाट आइरहेको सुपप्र ०१००१ झ १८५९ नम्बरको क्रेनसंग ठोक्किएको हो।

दुर्घटनामा गोदावरी नगरपालिका वडा नम्बर ७ विजयनगरका ३२ वर्षीय भरत औजी घाइते भएको प्रहरीले जनाएको छ।

घाइते उनलाई उपचारका लागि धनगढी पठाइएको छ। मुखमा चोट लागेको बताइएको छ भने उनको अवस्था सामान्य रहेको छ। 

अटोमा भने पुर्ण क्षती भएको प्रहरीले जनाएको छ। क्रेन चालक सहित अटो इलाका प्रहरी कार्यालय मालाखेतीको नियन्त्रणमा छ।