जनप्रतिनिधिलाई पागल समर्थकको पत्र 
 
bughet

ठिक छ 
जनप्रतिनिधिलाई सेवा सुविधा कम भयो रे
ठिक छ 
संघीय सरकारले नै सेवा सुविधा वृद्धि गर्न भन्यो रे
ठिक छ 
जनप्रतिनिधिलाई सेवा सुविधा कम भएर 
दैनिक गुजारा गर्न गाहे भो रे
यी सबै कुरा माने मैले ।
तर
देश नै संकटमा आएको बेला
अर्थमन्त्रीले नै अर्थतन्त्र धान्न गार्हो भैराछ भनी रहेका बेला
क्वारेन्टाइनमा राखेकालाई खाना दिन 
उपचार गर्न नसकिरहेको बेला
आर्थिक अभावले हरेक काममा 
केन्द्र सरकार कै भर परि राख्या बेला
किन सेवा सुविधा बढाईयो ?
बस सुपका हरेक नागरिकको साझा प्रश्न यही हो ।
यो समय त देशको बारे सोच्ने थियो 
जनताको बारे सोच्ने थियो 
सकिन्थ्यो भने बरु सेवा सुविधा नलिएर 
जनताको सेवा बारे सोच्ने थियो ।
खोइ कस्तो मन हो तपाईहरुको 
अरु बेला पक्ष विपक्ष हुनेहरु 
अहिले कोही बोल्दैनन् त 
सेवा बढे सब चुप 
त्यसैले अब हामी बोल्छम  
कर तिरेको रकमले तपाईहरुलाइ पुगेन 
त्यसैले  अब हामी फेरि 
तपाइहरुलाई सेवा सुविधा दिन्छम ।
हरेक नागरिक संग एक एक रुपैया मागेर 
अझै तपाइहरुको सुविधा बढाउँछम ।
तपाईको त्यही पागल समर्थक