
कैलालीमा साढे चार किलो लागू औषध (चरेश) सहित दुई जना पक्राउ परेका छन् ।
जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्बर १० उदासिपुर स्थित भित्री सडकखण्डमा प्रहरीले सो लागू औषध सहित बझाङका घर भई हाल गौरीगंगा ८ मा बस्द आएका ५३ बर्षीय मान बहादुर धामी र सोही ठाँउ बस्ने ३० बर्षीय बिर्ख धामीलाई कैलाली प्रहरीले पक्राउ गरेको हो ।
यस्तै उनिहरूले प्रयोग गर्दै आएको से.२ प.४११५ नंबरको मोटरसाईकल समेत बरामद गरी लागू औषध (चरेश) मुद्दामा थप अनुसन्धान प्रकृया अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

