
कैलाली उद्योग वाणिज्य संघले नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघका नवनिर्वाचित केन्द्रीय अध्यक्ष चौधरीलाई सम्मान गरेको छ ।

संघका पूर्व कोषाध्यक्षसमेत रहेका चौधरीलाई धनगढीमा एक कार्यक्रमको आयोजना गरी सम्मान गरिएको हो । केही दिन अगाडि चितवनमा भएको महासंघको अधिवेशनबाट चौधरी बुक डिपो धनगढीका सञ्चालक सञ्जयकुमार चौधरी अध्यक्ष पद्मा निर्वाचित भएका थिए ।
कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले खादा ओढाएर स्वागतका साथै सम्मानपत्र हस्तान्तरण गरेका थिए कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष पुष्कर ओझासहित संघका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
