
धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप १ सय ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा १८७ नमुना परीक्षण गर्दा थप १ सय ४ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ।

यस्तै २४ घण्टामा थप ३ जना संक्रमित अस्पताल भर्ना भएका छन्। हाल अस्पतालमा १८ जना संक्रमित उपचाररत छन्। जसमध्ये दुईजना विरामीको आइसियु र दुईजना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको छ।
