
सर्पको टोकाईबाट बैतडीमा एक जनाको मृत्यु भएको छ । जिल्लाको मेलौली नगरपालिका –२ कर्पतका डेढ वर्षीय विशाल चन्दको मृत्यु भएको हो ।

गएराति घरभित्रै सुतिरहेका अवस्थामा विशाललाई सर्पले र्डसेको ईलाका प्रहरी कार्यालय पाटनका ईञ्चार्ज, प्रहरी निरीक्षक धनदेव साउँदले बताए ।
उनलाई उपचारका लागि पाटन प्राथमिक स्वास्थ्य केन्द्र लैजादैं गर्दा बाटोमै मृत्यु भएको साउँदले बताए ।
