विश्वभर एकै दिन २७ लाख बढी कोरोना संक्रमित थपिए
 
11

विश्वभर हालसम्मकै सर्वाधिक कोरोना संक्रमित थपिएका छन् ।पछिल्लो २४ घण्टामा २७ लाख ११ हजार ७०६ जना कोरोना संक्रमित फेला परेका हुन् ।

थपिनेमा अमेरिकामा ६ लाख २५ हजार, फ्रान्समा ३ लाख ६८ हजार, इटलीमा २ लाख २० हजार, स्पेनमा एक लाख ३५ हजार, अर्जेन्टिनामा एक लाख ३४ हजार र बेलायतमा एक लाख २० हजार जना छन् ।

यही अवधिमा ९ लाख २३ हजार जना कोरोनामुक्त भएका छन् भने ७ हजार ७५८ जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा अमेरिकाका २ हजार १०७, रुसका ७८३, बेलायतमा ३७९, फ्रान्समा ३४१, इटलीमा २९४ र टर्कीमा १३७ जना छन् ।