
धनगढी स्थित सेती प्रादेशीक अस्पतालको प्रयोगशालामा बुधबार थप ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा १०५ जनामा गरिएको पिसिआर परिक्षणमा ४५ जनामा कोरोना संक्रमण देखिएको अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए ।
उनका अनुसार अस्पतालमा १३ जना कोरोना संक्रमितको आइसियूमा उपचार भईरहेको छ ।
