माधव नेपाललाई कोरोना संक्रमण
 
kk

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई कोरोना संक्रमण भएको छ। नेपालको सचिवालयले दिएको जानकारी अनुसार उनीमा कोरोना संक्रमण पुष्टि भएको हो। सचिवालयले उनको स्वास्थ्य अवस्था सामान्य रहेको र आफ्नै निवासमा आइसोलेसनमा बसेको जनाएको छ।

यसअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नारायणकाजी श्रेष्ठ, शिक्षामन्त्री देवेन्द्र पौडेललगायतका नेताहरूमा संक्रमण पुष्टि भएको छ।