कोरोनाले मृत्यु भएका बस चालकले सेतीमा कोरोना हेर्ने डाक्टरकै निजि क्लिनिकमा जाँच गर्न गएका थिए 
 
korona

कोरोनाका कारण सेती अञ्चल अस्पतालमा मृत्यु भएका पुरुष उपचारका लागि धनगढीकै निजि क्लिनिकमा पनि गएको खुलेको छ । सेतीको कोरोना वार्ड हेर्ने डाक्टरको गरिमा क्लिनिकमा गएका थिए । त्यहाँ उनी जेठ ३० गते उपचारका लागि गएको उनका भाईले खबर कुञ्जलाई बताए । 

कोरोनाले मृत्यु भएका बस मालिकाका भाईका अनुसार उनका दाईलाई जेठ २८ गते स्वास्थ्यमा समस्या आयो । सुरुमा छोरा र छोरीले दाईलाई माया मेट्रो अस्पताल धनगढी लगे । त्यहाँ निमोनियाको आशंका गरियो । तर स्वास्थ्य अवस्था ठिकै देखिएपछि घर फर्किए । ३० गते फेरी स्वास्थ्यमा समस्या देखिएपछि धनगढीकै गरिमा क्लिनिकमा लगियो । उनलाई त्यहाँ पद्मा अस्पतालको एम्बुलेन्समा लगिएको थियो । सेतीमा कोरोना वार्ड हेर्ने जिम्मा पाएका डाक्टरले नै चेक गरेका थिए ।   सुरुमा जाँच गर्नका लागि उनकी श्रीमति, छेरा छोरी गएका थिए ।

पछि अन्तिममा अवस्था बिग्रिएपछि डाक्टरकै सल्लाहमा आईसियुमा उपचार गर्ने भनियो । त्यसपछि उनलाई नवजीवन अस्पतालको आईसियूमा भर्ना गरियो । नवजीवनमा पनि अन्य स्वास्थ्यकर्मी सहित डाक्टरले नै उपचार गरेका थिए । जेठ ३० गते नवजीवनमा आईसियुमै रहेका वेला उनको कोरोना परिक्षण गर्दा राती ११ बजेतिर कोरोना पोजेटिभ आएको थियो । त्यसपछि उनको उपचार सेतीको आईसियुमा थालिएको थियो । आईसियु र भेन्टिलेरमा राखिएकै वेला ती बस चालकको वुधवार मृत्यु भएको छ । 

सेतीमा कोरोना वार्ड हेर्ने डाक्टरहरुले निजि क्लिनिकमा वसेर विरामीहरु चेकजाँच हुन थालेपछि उनीहरुको आलोचना भईरहेको छ । डाक्टरहरुलाई कोरोना वार्डमा काम गरे वापत सरकारले कोरोना वापतको शत प्रतिशत भत्ता सहित सम्पुर्ण आवास तथा खानाको खर्च व्यहोरिरहेको छ । तर उनीहरुले आफ्नो निजि क्लिनिकमा विरामी हेर्न छोडेका छैनन् ।

यसअघि खबर कुञ्जको टीमले तीन कोरोडा वार्डका डाक्टरहरुलाई निरन्तर निगरानी गर्दा उनीहरु आफ्ना निजि क्लिनिकमा विरामीहरु जाँच गरिरहेको फेला पारेको थियो । सरकारले जारी गरेको निर्देशिकामा कोरोनामा काम गर्ने स्वास्थ्यकर्मीले अन्य विरामी चेकजाँच गर्न नपाउने, काम गरेपछि १४ दिन क्वारेन्टाईन वस्ने र एक हप्ता विदामा वस्ने उल्लेख गरिएको छ । तर कोरोना वार्डका डाक्टर दैनिक रुपमा अस्पतालका र निजि क्लिनिकका विरामीहरु जाँच गरिरहेका छन् । कोरोना पनि हेर्ने डाक्टरले अन्य विरामीलाई जाँच गर्दा कोरोनाको जोखिम हुन सक्ने भन्दै सरकारले नै सजगता अपनाउँदै अन्त काम नगर्न भनेको थियो । 

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभरी ईवोला भाईरसको महामारी फैलिएका वेला एक जना डाक्टरका कारण दुई हजार संक्रमित भएको रिर्पोट सार्वजनिक गरेको थियो । तर धनगढीका डाक्टरहरुले त्यसतर्फ कुनै हेक्का राखेका छैनन् । कोरोनाका विरामीहरुको चेकजाँचमा खटिने डाक्टरहरु निजि क्लिनिकमा वस्दा उनीबाट लामो समयदेखि उपचार गराईरहेकाहरु पनि जान डराईरहेका छन् । उनले कोरोनाका विरामीलाई हेर्छन् भन्ने थाहा नपाएकाहरुको उनीहरुको क्लिनिकमा भिड नै हुन्छ । तर थाहा पाएकाहरु भने चेकलाई जान नै छोडेका छन् ।

डाक्टरले आफु सुरक्षा अपनाए पनि विरामीहरुका कारण कोरोनाको जोखिम वढ्न सक्ने खतरा वढेको त्यहाँ उपचार गराएका विरामीहरु स्वयम बताउँछन् । कोरोना वार्ड हेर्ने डाक्टरकोमा नै उपचारका लागि गएका विरामीहरु भन्छन्– ‘हामीबाट एक दुई जना हुदै धेरैलाई हुन सक्छ । क्लिनिकमा जाँच गर्दा पनि ध्यान दिनु पर्ने हो केही मतलब छैन । डाक्टरले आफु बँचेर हामीलाई कोरोना सार्ने खतरा वढाई दिनुभयो । अस्पतालमा जाँच गर्दा फरक पर्दैन क्लिनिकमा गर्ने काम बन्द गर्नुपर्छ । अस्पतालमा सामाजिक दुरी कायम गरेर विरामी जाँच भईरहेको देखेका छौं । तर क्लिनिकमा विरामीको ठेलमठेल हुन्छ । त्यसले वढी खतरा हुन्छ । ’

सेतीलाई कोरोना भाइरसबाट संक्रमित बिरामीको उपचार गर्ने ‘डेडिकेटेड अस्पताल’ तोकिएको छ । सुदूरपश्चिमका अन्य क्षेत्रबाट पनि यही अस्पतालमा बिरामी ल्याउने गरिएको छ । हाल नयाँ कोरोना अस्पतालबाट कोरोना संक्रमितको उपचार भईरहेको छ । अस्पतालले जाँच तथा उपचारमा संलग्न विशेषज्ञ सहित स्वास्थ्यकर्मी र अन्य कर्मचारीलाई आलोपालो काममा लगाएको छ । तर त्यसमा डाक्टरहरुले नियम पालना गरेका छैनन् । ‘सरकारले कोरोना नसरोस भनेर नै खाने वस्ने व्यवस्था गरेको छ । शत प्रतिशत तलब थपेको छ । आफ्नै परिवारका सदस्यहरुसँग सम्पर्क नहोस् भन्नका लागि । तर उहाँहरुले वाहिर नगर्नुपर्ने यसका लागि सम्बन्धित पक्षको ध्यान जाओस् ।’ धनगढीका मदन भट्टले भने,– ‘कोरोना नियन्त्रणकै लागि सरकारले निर्णय गरेको हो । यसलाई पालन गर्नुपर्ने डाक्टरहरुले नै । उहाँहरु यस विषयमा आफै जान्ने हुनुहुन्छ । हामीले भनिरहनु पर्दैन । तर अव कोरोना वार्ड हेर्ने डाक्टरहरुले निजि क्लिनिकमा विरामी हेर्न बन्द गर्नुपर्छ ।’ सो विषयमा बुझ्न खोज्दा कोरोना वार्ड हेर्ने डाक्टरसँग सम्पर्क हुन सकेन् । उनले मोवाईल उठाएनन् । 

कहाँ छन् मृत्यु भएका पुरुषसँगै जाँच गराएकाहरु ? 
जेठ ३० गते क्लिनिकमा कोरोनाका कारण मृत्यु भएका पुरुषको जाँच सँगै अन्य विरामीहरुको पनि जाँच गरिएको थियो  । तर सोही चेकजाँच गर्ने अन्य विरामीहरु भने सम्पर्कमा आउन सकेका छैनन् । उनीहरुमध्ये आफुहरुले जाँच गरेको दिन कोरोना संक्रमित पुरुष आएको समेत थाहा छैन् । उनीहरुको कन्ट्याक टेसिंगको काम समेत थालिएको छैन् । 

सेतीको कोरोना वार्डमा को को छन ?
विशेषज्ञ चिकित्सकको नेतृत्व तीन जनाको भए पनि उनीहरूलाई सेतीकै अन्य १४ जना मेडिकल अधिकृतहरूले सघाइरहेका छन् । सेतीमै कार्यरत ३१ जना नर्सिङ स्टाफको समूह खटिएको छ । प्यारामेडिक्सतर्फका ९ जनाको समूह बेग्लै परिचालित छ । कोरोना वार्डमा ड्युटीमा खटिएकाहरुलाई अस्पताले धनगढीको शुभम आवास गृह र साथी होटलमा क्वारेन्टाईनमा वस्ने व्यवस्था गरेको छ । 

b

एक सातासम्म एउटा समूहको ड्युटी हुन्छ । त्यसपछि उक्त समूहमा खटिएका स्वास्थ्यकर्मीहरू १४ दिनको सेल्फ क्वारेन्टाइनमा बस्नुपर्ने नियम छ । एक्लै भएका डाक्टरहरू ईच्छा अनुसार क्वार्टरमै सेल्फ क्वारेन्टाइनमा बस्ने गरेका छन् । परिवार भएका डाक्टर र नर्सहरूका लागि भने धनगढीका दुई वटा होटलमा बस्ने व्यवस्था गरिएको मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर हेमराज पाण्डेयले बताए ।

b

सुदूरपश्चिममा संक्रमितको संख्या बढ्दै गएको र अझै बढ्न सक्ने सम्भावना देखिएको चिकित्सकहरू औंल्याउँछन् । यस अवस्थामा सेती प्रादेशिक अस्पतालका लगभग सबै स्वास्थ्यकर्मीले कोरोना उपचार केन्द्र अलग्गै र टाढा हुनुपर्ने माग गर्दै आएकोमा हाल त्यो व्यवस्था गरिसकिएको छ । तर कोरोना वार्डमै कार्यरत एक जना नर्समा पनि कोरोना पुष्टि भईसकेको छ । 

सरकारको निर्देशिकामा के छ ? 
कोभिड १९ महामारी सन्दर्भमा कोभिड तथा अन्य स्वास्थ्य सेवा प्रवाहका लागि अन्तरिम निर्देशिका जारी गरेको छ । सो निर्देशिकामा उल्लेख गरिएका वुँदाहरु निम्न अनुसारका छन् । 

b

b

b

पुरै पढ्नुहोस् । कोभिड १९ महामारी सन्दर्भमा कोभिड तथा अन्य स्वास्थ्य सेवा प्रवाहका लागि अन्तरिम निर्देशिका

Staff-Mobilization-Guidelines-15-May-2020-Final-Endorsed_1.pdf

 

कोरोना वार्ड हेर्ने डाक्टर निजि क्लिनिकमाः विरामीहरुलाई चेकजाँच गरिदा कोरोना संक्रमण फैलिने खतरा

https://khabarkunj.com/node/869