
नेकपा एमाले बैतडीको नेतृत्वका लागि सहमति नजुटेपछि आइतबार निर्वाचन हुने भएको छ। शनिबारदेखि भएको सहमतिको प्रयास विफल भएपछि चुनाव हुने भएको हो।

जिल्ला नेतृत्वको लागि वर्तमान अध्यक्ष सुरेन्द्र पाल र पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दबीच प्रतिस्पर्धा हुने भएको छ। पाल प्यानलबाट उपाध्यक्षमा रमिल बम, सचिवमा चक्र कार्की, उपसचिवमा लोकेन्द्र भण्डारी र सरस्वती नेपाली चुनावी प्रतिस्पर्धामा हुनेछन्।
यस्तै चन्द प्यानलबाट उपाध्यक्षमा भरत महरा, सचिवमा सन्तोष जोशी, सहसचिवमा जनकबहादुर चन्द, भगीरथ कुँवर मैदानमा उत्रिएका छन्। निर्वाचनमा ५०९ जना प्रतिनिधिले मतदान गर्ने बताइएको छ।
