कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु
 
dd

कैलालीमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

बिहीबार लम्कीचुहा नगरपालिका–७ भित्री सडक खण्डमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको से ३ प ६१३५ नम्बरको मोटरसाइकल अनियन्त्रित भएको थियो ।

दुर्घटना हुँदा सोही ठाउँको चाकावाडी बस्ने मोटरसाइकल चालक २७ वर्षीय रमेश चौधरीको मृत्यु भएको प्रहरीले जनाएको  हो । उनी सडकको कल्भर्टबाट खसेर मोटरसाइकलमा च्यापिएको अवस्थामा मृत फेला परेका थिए ।