रेफर बिरामीको कोरोनाले मृत्यु भएपछि कैलालीको लम्की अस्पताल बन्द
 
corona

 

रेफर बिरामीमा मृत्युपछि कोरोना पुष्टि भएसंगै कैलालीको लम्की अस्पतालले अनिश्चितकालका लागि आफ्ना सम्पूर्ण सेवा बन्द गरेको छ।

अस्पतालले आज सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्मका लागि सम्पूर्ण सेवा बन्द गरेको जानकारी दिएको हो। लम्किचुहा अस्पताल ब्यबस्थापन समितिका ब्यबस्थपक जयन्द्र प्रसाद जैशीद्वारा सुचना जारी गर्दै सम्पुर्ण सेवा अनिश्चित समयका लागी बन्द गरेको बताए ।

नेपालगंज मेडिकल कलेजमा उपचारत कैलालीको लम्की चुहा नगरपालिका २ की ४३ बर्षीया महिलामा मृत्युपछि कोरोना पुष्टि भएको थियो। ति महिलालाई लम्की अस्पतालले रेफर गरेको थियो।

टाउकोमा चोट लागेकी उनलाई जेठ ३१ गते नेपालगंज मेडिकल कलेज कोहलपुर लगिएकोमा असार २ गते (मंगलवार) उनको मृत्यु भएको थियो। मृत्युपछि कोरोना परीक्षण गर्दा संक्रमण पुष्टि भएको भएको थियो।