
धनगढी उपमहानगरपालिकाका मेयर नृप बहादुर वडलाई धनगढी विमानस्थलमा भव्य स्वागत गरिएको छ ।

नेपाली काँग्रेसको १४ औँ अधिवेशनमा दलित तर्फ सर्वाधिक मत प्राप्त गरी केन्द्रीय सदस्यमा निर्वाचित भएपछि पहिलो पटक गृह नगर आएका वडलाई भव्य स्वागत गरिएको हो ।

स्वतःस्फूर्त रूपमा विमानस्थलमा उपस्थित नेपाली काँग्रेस समर्थकहरूले नाराबाजी गर्दै मेयर वडको स्वागत गरेका थिए । मेयर वड २२४५ मत प्राप्त गरी दोस्रो स्थानमा रहेका थिए ।