प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिताको सेमिफाईनल समिकरण पुरा
सुदुरपश्चिम अन्तिम चारमा पुग्दा एपिएफ समुह विजेता
 
ss

सुदुरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाईनल समिकरण पुरा भएको छ । पुस ३ गतेदेखि सुरु भएको प्रतियोगितामा विहीवार लिग चरणका सबै खेलहरु सम्पन्न भएसँगै सेमिफाईनल समिकरण पुरा भएको हो । समुह बी अन्तर्गत विहीवार लिग चरणका सबै खेल सम्पन्न भएका हुन् । समुह बी बाट विभागीय टीम समुह विजेता बन्दै सेमिफाईनल पुग्दा समुह उपविजेता भएर घरेलु टोली सुदुरपश्चिम पनि अन्तिम चारमा पुगेको छ । समुह ए बाट समुह विजेता बन्दै प्रदेश १ र उपविजेता बन्दै लुम्बिनी प्रदेश सेमिफाईनल पुगिसकेका छन् । 

विहीवार भएका खेलमा सुदुरपश्चिम र एपिएफ विजयी भएका छन् । धनगढीको फाप्ला क्रिकेट मैदानमा विहीवार विहान भएको खेलमा जित हात पार्दै सुदुरपश्चिम अन्तिम चारमा पुगेको छ । समुह बी अन्तर्गतको खेलमा सुदुरपश्चिम प्रदेशले प्रदेश २ लाई ८७ रनले हराएको हो । पहिलो खेलमा जितेको सुदुरपश्चिमले दोस्रो खेलमा एपिएफसँग हार व्यहोरेको थियो । तीन खेलमा दुईमा जित र एकमा हार सहित चार अंक जोडेको सुदुरपश्चिमले सेमिफाईनलमा स्थान बनाउन सफल भयो । 

टस हारेर सुदुरपश्चिमले पहिले ब्याटिङ गर्दै २० ओभरमा ५ विकेट क्षतिमा १४३ रन बनायो । सुदुरपश्चिमका लागि विन्दु रावलले अर्धशतकीय पारी सहित ५० रन बनाईन् । त्यस्तै रुवि पोदारले २१ रन, डल्ली भट्टले १५ रन बनाउँदा कविता जोशी र संगीता धामीले समान १३ रन बनाईन् । 

प्रदेश २ का लागि विमला मगरले २ विकेट लिईन् । त्यस्तै साना प्रविन, अनुराना चौधरीले एक एक विकेट लिईन् । १४४ रनको विजय लक्ष्य पछ्याएको प्रदेश २ ले ५६ रन मात्रै बनाउन सक्यो । प्रदेश २ ले २० ओभरमा ८ विकेट गुमाउँदै ५६ रन मात्रै बनाएको हो । प्रदेश २ का लागि साना प्रविनले अविजित १४ र विमला मगरले १२ रन बनाईन् । अन्य खेलाडीले दोहोरो रन अंक छुन सकेनन् । सुदुरपश्चिमका लागि कविता जोशी र लक्ष्मी साउँदले समान २ विकेट लिईन् । ईश्वरी विष्टले १ विकेट लिईन् । सुदुरपश्चिमकी विन्दु रावल प्लेयर अफ द म्याच भईन् । 

विहीवार नै भएको दोस्रो खेलमा एपिएफले अपराजित यात्रा कायम राख्दै समुह विजेता बनेको छ । एपिएफले गण्डकी प्रदेशलाई रनले हराएको हो । टस जितेर पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ४ विकेट क्षतिमा एक सय ५० रन बनायो । सो पारीमा मध्यक्रमकी खेलाडी ममता चौधरीले ४३ रन बनाईन् । त्यस्तै सरीता मगरले अविजित २६ रन बनाउँदा रोमा थापाले २६ रन बनाईन् । ज्योती पाण्डेयले २४ रन जोडिन् । प्रदेश २ का लागि मनिषा उपाध्यायले एक विकेट लिईन् । एपिएफका ३ जना खेलाडी रनआउट भए । 
एक सय ५१ रनको लक्ष्य पछ्याएको प्रदेश २ ले रन मात्रै बनायो । प्रदेश २ का लागि शिला क्षेत्रीले सर्वाधिक ८ रन बनाईन् । 

सुदुरपश्चिमकी विन्दु रावलको अर्धशतक 
धनगढीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा चौथो अर्धशतक बनेको छ । विहीवार भएको लिग चरण अन्तर्गतको पहिलो खेलमा सुदुरपश्चिम प्रदेशकी विन्दु रावलले अविजित अर्धशतक बनाएकी हुन् । प्रदेश २ विरुद्धको खेलमा उनले ५० रनको अर्धशतकीय पारी खेलेकी हुन् ।

४५ वलको सामना गरेकी उनले चार चौका प्रहार गरिन् । ४४ वलमा ४६ रनको अवस्थामा रहँदा विन्दुले पहिलो ईनिङको अन्तिम वलमा चौका प्रहार गर्दै अर्धशतक पुरा गरेकी हुन् । यो प्रतियोगिताको चौथो अर्धशतक हो । यसअघि प्रदेश १ का लागि अप्सरी वेगमले दुई वटा अर्धशतक बनाएकी छिन् । प्रदेश १ कै कप्तान रुविना क्षेत्रीले पनि एक अर्धशतक बनाएकी छिन् ।