 
नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा सुदूरपश्चिम प्रदेशका १७ जना विजयी भएका छन्। सुदूरपश्चिमबाट महाधिवेशन प्रतिनिधि रहेका नेताहरु केन्द्रीय सभापति, सहमहामन्त्री र केन्द्रीय सदस्यमा विजयी भएका हुन्।
 
 सभापतिमा डडेल्धुराबाट महाधिवेशन प्रतिनिधि रहेका शेरबहादुर देउवा र सहमहामन्त्रीमा बाजुराका बद्री पाण्डे विजयी भएक छन्। डडेल्धुराबाट सभापतिसहित तीन जना, बाजुराबाट एक सहमहामन्त्री, कैलालीका ६ जना, कञ्चनपुरका तीन जना, बझाङका दुई, अछाम र दार्चुलाका एक÷एक जना विजयी भएक छन्।
१७ जना मध्ये १४ जना देउवा र तीन जना कोइराला पक्षका छन्। पाण्डेय शेखर कोइराला पक्षका हुन्। यस्तै खुला केन्द्रीय सदस्यतर्फ चार जना, महिला केन्द्रीय सदस्यतर्फ दुई जना, भूगोलतर्फ एक महिला सहित तीन जना, दलित खुलातर्फ दुई जना, थारु महिला, थारु खुला, पिछडिएको क्षेत्र र खस आर्यबाट एक÷एक जना निर्वाचित भएका छन्।
 
 
 सुदूरपश्चिमबाट विजयी भएका कुन पक्षका को विजयी ?
सभापति– शेरबहादुर देउवा (देउवा)
सहमहामन्त्री– बद्री पाण्डे (कोइराला)
केन्द्रीय सदस्य (खुलातर्फ)
एनपी साउद (देउवा)
रमेश लेखक (देउवा)
नैनसिंह महर (देउवा)
दिलेन्द्रप्रसाद बडू (कोइराला)
महिला खुल्लातर्फ
डा. आरजु राणा देउवा (देउवा)
ईश्वरी न्यौपाने (देउवा)
थारु (खुल्लातर्फ)
रामजनम चौधरी (देउवा)
थारु (महिलातर्फ)
जीवन राना (देउवा)
सुदूरपश्चिम (खुल्लातर्फ)
डा. रणबहादुर रावल (देउवा)
यज्ञराज जोशी (देउवा)
सुदूरपश्चिम (महिलातर्फ)
सुशीला मिश्र भट्ट (देउवा)
पिछडीएको क्षेत्रबाट
अर्जुनजंगबहादुर सिंह (देउवा)
दलित (खुल्लातर्फ)
नृपबहादुर वड (देउवा)
प्रकाश स्नेही रसाइली (कोइराला)
खसआर्य 
गोविन्द शाह (देउवा)
 
     
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
