
धनगढी स्थित सेती प्रादेशीक अस्पतालको प्रयोगशालामा बिहीवार थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ७७ जनामा गरिएको पिसिआर परिक्षणमा ५ जनामा कोरोना संक्रमण देखिएको अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए ।
उनका अनुसार अस्पतालमा थप एक जना कोरोना संक्रमित भर्ना भएको जनाएको छ । हाल अस्पतालमा तीन जना कोरोना संक्रमित उपचाररत छन ।

जसमध्ये दुई जनाको आइसियूमा उपचार भईरहेको छ भने एक जनाको भेन्टिलेटरमा उपचार भैरहेको अस्पतालले जनाएको छ ।