
नेपाली कांग्रेस सुदुरपश्चिम खुला केन्द्रीय सदस्यमा रणबहादुर रावल र यज्ञराज जोशी निर्वाचित भएका छन् ।

जम्मा ४६७७ मत खसेकोमा रावलले २६६९ मत ल्याएका छन् । जोशीले २०४४ मत ल्याएका छन् । ३१ मत भने बदर भएको निर्वाचन समितिले जानकारी दिएको छ ।
यस्तै सुदुरपश्चिम प्रदेश महिला तर्फबाट केन्द्रीय सदस्यमा निर्वाचित भएकी छिन् । जम्मा ४६७७ मत खसेकोमा उनले २४२२ मत पाइन् । ३१ मत बदर भएको थियो ।
