
कांग्रेस केन्द्रीय सदस्यमा डा. रणबहादुर रावल र यज्ञराज जोशी निर्वाचित भएका छन् । उनीहरू सुदूरपश्चिम प्रदेश खुलामा केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् ।

जम्मा ४६७७ मत खसेकोमा रावलले २६६९ मत ल्याएका छन् । जोशीले २०४४ मत ल्याएका छन् । ३१ मत भने बदर भएको निर्वाचन समितिले जानकारी दिएको छ ।
