
धनगढी स्थित सेती प्रादेशीक अस्पतालको प्रयोगशालामा मंगलवार थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ५४ जनामा गरिएको पिसिआर परिक्षणमा ११ जनामा कोरोना संक्रमण देखिएको अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए ।
उनका अनुसार अस्पतालमा हाल दुई जना कोरोना संक्रमित उपचाररत छन । जसमध्ये एक जनाको आइसियूमा उपचार भईरहेको छ चने एक जनाको भेन्टिलेटरमा उपचार भैरहेको अस्पतालले जनाएको छ ।
