
कैलालीको धनगढीमा भईरहेको प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत अहिले कर्णाली प्रदेश र लुम्बिनी प्रदेश बीच प्रतिस्पर्धा भईरहेको छ ।

कर्णालीले टस जितेर पहिले ब्याटिङ गरिरहेको छ ।
फाप्ला क्रिकेट मैदानमा सञ्चालन भईरहेको प्रतियोगिताको दोस्रो दिनको पहिलो खेल हुस्सु र शितलहरका कारण प्रभावित भएपछि ६ ओभरमा घटाईएको छ ।
