
धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा गरिएको परिक्षणमा शुक्रबार थप ४ जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ४५ नमुना परिक्षण गर्दा थप ४ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सुचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए ।
हाल अस्पतालमा ६ जना बिरामी संक्रमितको आइसियुमा उपचार भइरहेको छ अस्पतालले जनाएको छ ।
