 
नेपाली कांग्रेसको सभापतिमा प्रधानमन्त्री शेरबहादुर देउवा नै दोहोरिने सम्भावना बढेपछि देउवाको गृहप्रदेश सुदूरपश्चिमका कार्यकर्ता खुसी हुँदै गाउन थालेका छन्।
 
 काठमाडौंको प्रदर्शनीमार्गमा हुल बाँधेर उनीहरूले देउडा भाका हालेका हुन्। कांग्रेसको नयाँ नेतृत्व चयनका लागि सोमबार भएको निर्वाचनमा देउवाले पहिलो स्थान हासिल गरे पनि मत ५१ प्रतिशत पुगेन। जसले गर्दा कांग्रेसको विधानअनुसार सभापति पदका लागि पुनः मतदान गर्नुपर्ने भएको छ।
दोस्रो चरणको चुनाव हुँदा निकटतम प्रतिस्पर्धी शेखर कोइरालासँग प्रतिस्पर्धा गर्नुपर्ने भए पनि देउवालाई बाँकी पहिलो चरणका प्रत्याशी विमलेन्द्र निधि, प्रकाशमान सिंह र कल्याण गुरुङले समर्थन गर्ने घोषणा गरिसकेकाले कांग्रेसको सभापतिमा देउवा नै दोहोरिने सम्भावना बढेको हो।
 
 
 
     
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
