
नेकपा एमालेको सुदुरपश्चिम प्रदेश कमिटीको अध्यक्षमा दामोदार भण्डारी मनोनित भएका छन् ।

एमालेको जारी केन्द्रीय समितिको बैठकले भण्डारीलाई अध्यक्ष, उपाध्यक्षमा कमल तिमिल्सेना, सचिवमा धर्मराज पाठक र उपसचिवमा बलदेव रेग्मी र भागरथी विष्ट मनोनित गर्ने निर्णय गरेको छ ।
