
नेपाली कांग्रेसको आशन्न १४ औँ महाधिवेशन अन्तर्गत सुदूरपश्चिम प्रदेशको भुगोल कोटाबाट तिनबजेसम्ममा ७ जनाको उम्मेदवारी परेको छ । कांग्रेसको विधानअनुसार यो कोटामा एक महिला सहित तिन जनाका लागि निर्वाचन हुने छ ।

निर्वाचन समितिका अनुसार हालसम्ममा प्रदेश भुगोलको पुरुष तर्फ भक्त बहादुर बलायर, भरतबहादुर खड्का, दिवानसिँह विष्ट, रण बहादुर रावल, पुष्करराज ओझा र गोविन्द बोहराको उम्मेदवारी परेको छ ।यस्तै महिलातर्फ सुशिला मिश्र भट्टको उम्मेदवारी परेको छ ।
