
धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा गरिएको परिक्षणमा शनिवार थप एक जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ३८ नमुना परिक्षण गर्दा थप एक जनामा संक्रमण पुष्टि भएको अस्पतालका सुचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए ।
हाल अस्पतालमा तीन जना बिरामी उपचाररत छन् । उनीहरु सबैको आइसियुमा उपचार भइरहेको अस्पतालले जनाएको छ ।
