कैलालीका १३ पालिकामा माओवादी केन्द्रको सम्मेलन सम्पन्न
 
dd

कैलालीका १३ पालिकामै नेकपा माओवादी केन्द्रको सम्मेलन सम्पन्न भएको छ। सम्मेलनमार्फत १३ वटै पालिकामा नयाँ नेतृत्व चयन भएको माओवादी केन्द्रले जनाएको छ।

धनगढी उपमहानगरपालिकामा अध्यक्षमा सुरज खाती र सचिवमा रमेशप्रसाद भट्टराई, गोदावरी नगरपालिकाको अध्यक्षमा धर्म कुँवर, चुरे गाउँपालिकाको अध्यक्षमा हर्क नेपाली, गौरिगङ्गा नगरपालिकाको अध्यक्षमा देवी कडेल, कैलारी गाउँपालिकाको अध्यक्षमा बतासु चौधरी र भजनी नगरपालिकाको अध्यक्षमा पर्शुराम चौधरी चयन भएका छन्।

यस्तै घोडाघोडी नगरपालिकाको अध्यक्षमा खगेन्द्र हमाल, बर्दगोरिया गाउँपालिकाको अध्यक्षमा -रामबहादुर साउद, जोशिपुर गाउँपालिकाको अध्यक्षमा दीर्घ बिनाडी, मोहन्याल गाउँपालिकाको अध्यक्षमा देबिचन्द्र उपाध्याय, लम्कीचुहा नगरपालिकाको अध्यक्षमा लाल कुमाल, जानकी गाउँपालिकाको अध्यक्षमा ज्ञानु कुँवर र टीकापुर नगरपालिकाको अध्यक्षमा खडक शाह चयन भएका छन्।