नेकपा माओवादी केन्द्र धनगढीको अध्यक्षमा खाति
 
dd

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र धनगढी उपमहानगरको अध्यक्षमा सुरज खाति निर्वाचित भएका छन्। आन्तरिक चुनावमा खातिले ३५ मत पाएर अध्यक्षमा निर्वाचित भएका हुन्। अध्यक्ष पदका प्रतिद्वन्द्वी उम्मेदवार मुरारीप्रसाद अधिकारीले २४ र आशिष बमले १२ मत पाए। जम्मा ७३ मत खसेको थियो।

माओवादी केन्द्र धनगढी उपमहानगरको खातिको अध्यक्षतामा ७१ सदस्यीय कमिटी निर्वाचित भएको छ। उपाध्यक्षमा ललित खत्री, मन्तोरा राना र दिपक रावल, सचिवमा रमेश प्रसाद भट्टराई, सह सचिव सुरेश सुनार र कोषाध्यक्षमा सुर्य शर्मा लगायतको कमिटी निर्वाचित भएको छ। कमिटि गठनपछि पद तथा गोपनियताको सपथसमेत गराइएको थियो।