प्रदेशका मुख्यमन्त्रीदेखि सांसदको भरण पोषणका लागि मुख्यमन्त्री कार्यालय अगाडी नै एक रुपैया संकलन  
 
rajniti

धनगढीमा प्रदेश सांसदको भरणपोषणका लागि एक रुपैँया सहयोग अभियान अन्तर्गत मुख्यमन्त्री तथा मन्त्री परिषदकै कार्यालय अगाडी एक रुपैया संलन गरिएको छ । खबरदारीका लागि युवा समूहले सुरु गरेको अभियान अन्तर्गत मुख्यमन्त्री कार्यालय अगाडी धर्ना सहित एक रुपैया संकलन गरिएको हो । 

1

प्रदेश सभाका सदस्यहरुको पारिश्रमिक वृद्धि भएको विरोधमा उनीहरुले विरोध स्वरुप अभियान सञ्चालन गरिरहेका छन् । यसअघि सुदूरपश्चिमको प्रदेश सभाको प्रवेशद्धारा नजिक एक एक रुपैँया संकलन गरिएको थियो ।

b

अभियानका संयोजक सुरेन्द्र शाहले प्रदेश सरकारलाई खबरदारी गर्न सडकमा आएको बताए । उनले कोरोना भाइरस (कोभिड–१९) को महामारीमा पनि वृद्धि भएको पारिश्रमिक लिएको भन्दै आपत्ति प्रकट गर्दै सांकेतिक रुपमा एक रुपैया संकलन अभियान चालेको जानकारी दिए । उनीहरुले प्रदेश सरकारको बिरुद्धमा लेखिएका विभिन्न पोष्टरहरु पनि बोकेका थिए ।