 
सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले नेकपा माओवादी केन्द्र प्रदेशको विकासका लागि महाअभियानमा रहेको बताएका छन्। भट्टले अछाममा पार्टीको अधिवेशनलाई सम्बोधन गर्दै यस्तो बताएका हुन्।
 
 जनयुद्धबाट देशमा राजनैतिक र सामाजिक परिवर्तन ल्याएको माओवादीले अब जनाताका समस्यालाइ समाधान गरेर सुदूरपश्चिमलाइ समृद्ध बनाउन माओवादी र आफू लागि परेको उनले बताए। सुदूरपश्चिमेली जनताको भावनाअनुसार प्रदेश सरकारले सक्दो सम्बोधन गर्ने प्रयास गरिरहेको भन्दै थप परिणाममुखी बनाउन जनतासँगै पार्टी कार्यकर्ताले लाग्नुपर्ने उनको भनाइ छ।
उनले डोटीको दीपायल सिलगढी, जोरायल, कैलालीको चुरे, अछामको मेल्लेख गाउँपालिकामा नेकपा माओवादी केन्द्रको पालिका अधिवेशनलाई सम्बोधन गरेका थिए।
 
 
 
     
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
