कैलालीमा ट्रकको ठक्करबाट एकको मृत्यु, पूर्वपश्चिम राजमार्ग अवरुद्ध
 
dd

कैलालीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालक बसन्तराज शर्माको मृत्यु भएपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरिएको छ।

No description available.

मृतकका आफन्तले टायर बालेर बिहान ८ बजेबाट सडक अवरुद्ध गरी क्षतीपूर्ति पाउनु पर्ने माग गरेको प्रहरीले बताएको छ। ट्रक चालकको पहिचान नभएको र उनी फरार रहेको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। उनको खोजी कार्य भइरहेको प्रहरीले बताएको छ ।  

No description available.

शनिबार जिल्लाको घोडाघोडी नगरपालिका ५ डोकेबजारमा पश्चिमबाट पूर्वतर्फ गइरहेको सु.प.प्र.०१ ००८ प ५४७५ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आइरहेको लु १ ख ४६६६ नम्बरको ट्रकले ठक्कर दिएको थियो।