
नेपाली कांग्रेस डोटीको उप-सभापतिमा विजय खड्का र नारायण जोशी निर्वाचित भएका छन् ।

नेपाली कांग्रेसको १४ महाधिवेशन अन्तर्गत डोटीमा भएको निर्वाचनबाट खड्काले ६०१ मत प्राप्त गरे भने जोशीले ५६४ मत प्राप्त गरे ।
उनका प्रतिद्वन्दी बम कठायतले ३७३ र पदमबहादुर रावतले ३२७ मत प्राप्त गरे ।

जोशी जिल्ला कार्यसमितिका निवर्तमान सचिव हुन् भने खड्का क्षेत्रीय सभापति हुन् ।